इटहरीः प्रदेश एक स्तरीय तेक्वान्दो प्रतियोगितामा सुनसरीले धेरै स्वर्ण पदक जित्न सफल भएको छ । 

आगामी २८ गते देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट खेलमा सुनसरीले पदकमा बाहुल्यता ओगट्न सफल भएको हो । 

झापाको  विर्तामाडमा भएको प्रदेश स्तरीय प्रतियोगितामा पुरुष गु्रप पुम्सेतर्फ सुनसरीका प्रदिप लिम्बु, सुदिप घिमिरे र निङ्गमा तामाङ्गले स्वर्ण पदक पाएका छन् । झापाका विवेक गिरी, मौसम आचार्य र भुवनसिंह आचार्यले रजत र इलाम र उदयपुरका खेलाडीले कास्य पदक जितेका छन् । 

कास्य जित्ने इलामका खेलाडीमा रोजन मगर, नितेश भुजेल र गौरव सिवा छन् ।  उदयपुरका खेलाडीहरुमा सुजन राई, श्रवण माझी र उत्तम राई छन् । यस्तै महिला गु्रप पुम्सेमा पनि सुनसरीले स्वर्ण पदक जितेको छ । सुनसरीका सुसिला राई, मनिषा विक, र शान्ति राईले महिला गु्रप पुम्सेमा स्वर्ण जितेका छन् भने उदयपुरका सपना श्रेष्ठ, कंचन राई र कृष्तुला राईले रजत पदक र इलाम र ओखल्ढुंगाका खेलाडीले कास्य पदक जितेका छन् । कास्य जित्ने इलामका खेलाडीहरुमा श्रृष्टि भुजेल, आषिका आपिङ्गवे, र अन्जली भुजेल छन् भने ओखल्ढुंगाका डोमा शेर्पा, रमिला रुचाल र पेम्वा छिरी शेर्पा रहेका छन् । 

यता पुरुष एकल पुम्सेतर्फ सुनसरीका विवेक राईले स्वर्ण पदक जितेका छन् भने झापाका मौसम आचार्यले रजत र उदयुरका सुरज राई र खोटाङ्गका विवेक राईले कास्य पदक पाएका छन् । यस्तै गरी महिला तर्फको एकल पुम्सेमा सुनसरीकी सुशिला राईले स्वर्ण , खोटाङ्गकी रेजिना राईले रजत र ओखल्ढुंगाकी सोरुया राई र उदयपुरकी कृस्तुला राईले कास्य पदक पाएका छन् । यता पेयर पुम्से तर्फ पनि सुनसरीले उपाधि लगेको छ । सुनसरीका सुदेश राई र सुवेक्षा राईले स्वर्ण , खोटाङ्गका विवेक राई र रेजिना राईले रजत र उदयपुरका सुरज राई र कृस्तुला राई अनि झापाका विवेक गिरी र शिवमी बानियाले कास्य पदक जितेका छन् । 

यता फाइट तर्फ महिला ६२ केजी तलको फाइटमा सुनसरीकी प्रज्ञा परियारले स्वर्ण पदक, मोरङ्गकी सृजना धिमालले रजत र ताप्लेजुगंकी अन्जली लिम्बुले कास्य पदक पाएका छन् । यस्तैगरी महिला ६७ केजी तलको तौल समुहबाट उदयपुरकी बिनिता माझीले स्वर्ण पदक जितेकी छन् भने इलामकी तनिषा सिठुङ्गे मगरले रजत र सुनसरीकी श्रदा शाक्यले कास्य पदक पाएकी छन् । 

307524071_609995647273158_2825708873595483846_n

यसैगरी महिला ७३ केजी तल तौल समुहको प्रतिस्पर्धामा मगेरेस लिम्बु सुनसरीले स्वर्ण पदक, मोरङ्गकी विन्दु राईले रजत पदक र तेह्रथुमकी संगिता खत्रीले कास्य पदक जितेका छन् । यता महिला ७३ केजी माथि भएको प्रतिस्पर्धामा पनि सुनसरीले स्वर्ण जितेको छ । सुनसरीकी सृजना तामाङ्गले स्वर्ण, मोरङ्गकी रिजा श्रेष्ठले रजत र सोलुकी खेलाडी सम्झना राईले कास्य पदक पाएका छन् । 

यता महिला ४६ केजी तल तौल समुहमा भएको खेलमा झापाकी अनुजा सापकोटाले स्वर्ण जितेकी छन् । सुनसरीकी यमुना राईले रजत जित्दा धनकुटाकी प्रमिज्ञा समाल मगरले कास्य पदकमा चित्त बुझाएका छन् । यता महिला ४९ केजी तलको तौल समुहमा भएको खेलमा सुनसरीकी क्रिस्टिना राईले स्वर्ण, खोटाङ्गकी समला राईले रजत र उदयुरर सोलुका खेलाडी सन्जु विकले कास्य पदक जितेका छन् । यस्तै महिला ५३ केजी तल तौल समुहमा भएको खेलमा उदयपुरकी रेनुका विकले स्वर्ण पदक पाएकी छन् भने पाँचथरकी किनारी जगेवुले रजत र ताप्लेजुङकी भुमिका लिम्बुले कास्य जितेका छन् । यस्तै महिला ५७ केजी तलको तौल समुहको खेलमा सुनसरीकी समिक्षा लिम्बुले स्वर्ण , पाँचथरकी इक्छा तुम्रोकले रजत र ताप्लेजुङकी अस्मिता सापदेनले कास्य जितेका थिए । 

यता पुरुष तेक्वान्दो तर्फ फाइटमा मोरङ्गका नेत्र बहादुर कार्कीले स्वर्ण , उदयपुरका लबकुश मगरले रजत र सोलुखुम्बुका प्रिन्सहाङ राईले कास्य पदक जितेका छन् । यता पुरुष तर्फको ८० केजी भन्दा तल तौल समुहको प्रतिस्पर्धामा इलामका शुलभ श्रेष्ठले स्वर्ण पदक पाएका छन् भने सुनसरीका सुनिल थामीले रजत र मोरङका पुस्कर थापाले कास्य जितेका छन् । यता पुरुष ८७ केजी तलको फाइटमा झापाका श्याम धिमालले स्वर्ण जितेका छन् भने उदयपुरका राजकुमार माझीले रजत र संखुवासभाका संजय पोर्तेलले कास्य पदक पाएका छन् । ८७ केजी माथि तौल समुहको फाइटमा भने सुनसरीका युकेश भटराईले स्वर्ण, मोरङका अंकित परियारले रजत र पाँचथरका यमकुमार श्रेष्ठले कास्य जितेका छन् । 

यता पुरुष ५४ केजी तलको तौल समुहमा सुनसरीका शिव खड्काले स्वर्ण , मोरङ्गका कैलाश राईले रजत र उदयपुरका रोशन चौधरीले कास्य जितेका छन् भने पुरुष ५८ केजी तलको खेलमा झापाका एलिस ठकुरीले स्वर्ण , पाँचथरका अनिश राईले रजत र खोटाङ्गका बरुण राईले कास्य पदक पाएका छन् । यता पुरुष ६३ केजी तौल समुहको खेलमा खोटाङ्गका मोहन राईले स्वर्ण, सुनसरीका सुगम राईले रजत र सोलुका आमबोहाङ्ग तामाङ्गले कास्य पदक पाएका छन् । पुरुष ६५ केजी तौल समुहमा झापका अरुण डाँगीले स्वर्ण , सुनसरीका रामकृष्ण राईले रजत र खोटाङ्ग ज्ञान बहादुर श्रेष्ठले कास्य पदक जित्न सफल भएको तेक्वान्दोका अन्तराष्ट्रिय रेफ्रि एंव निर्णायक नारायण बुढाथोकीले जानकारी दिए । 

तेक्वान्दोको समापन समारोहका जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, जगन दुर्वासा कार्की, दुर्गा निरौला, गंगा कोइराला लगायतको सहभागिता रहेको थियो । खेलाडीलाई सोमबारै मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।