इटहरीः सोमबारदेखि सुनसरीको इटहरी रंगशालामा भएको सेपाकताक्रो प्रतियोगितामा पुरुष तर्फको रेगु इभेन्टमा संखुवासभा र महिला तर्फको इभेन्टमा सुनसरी पहिलो भएको छ ।
मंगलबार भएको खेलमा रेगु इभेन्टमा पुरुषतर्फ भोजपुर, झापा र सुनसरीलाई पछि पर्दै संखुवासभा प्रथम भएको हो भने दोस्रो स्थानमा सुनसरी र तेस्रोमा झापा आएको छ । यस्तै, महिला तर्फको खेलमा भोजपुर, संखुवासभा र झापालाई पछि पर्दै सुनसरी प्रथम हुन सफल भएको छ । भोजपुर र संखुवासभालाई पछि पार्दै झापा दोस्रो र भोजपुरलाई पछि पार्दै संखुवासभा तेस्रो भएको हो । पछिल्लो दुई दिन भएका खेलबाट नवौँ राष्ट्र्रिय खेलका लागि सात जना खेलाडी छनौट गरिने छनौट समितिले बताएको छ ।
मंगलबार भएको समापन कार्यक्रममा प्रमुख अतिथि राष्ट्र्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव केशवकुमार बिष्टले आफ्नै अग्रसरतामा करिब एक दशक अघि यस खेललाई नेपालले खेलको रुपमा अनुमोदन गरेको बताए । उनले भने “ यो छोटो समयमा सेपाकताक्रो खेलका नेपाली खेलाडीले अन्तर्राष्ट्रि«य खेल मैदानमा खेल्ने अवसर मिलेको छ । “ सेपाकताक्रो संघ केन्द्रीय उपाध्यक्षसमेत रहेका बिष्टले आगामी दिनमा यो खेल विश्वमा चलेका खेलको स्थानमा पुग्ने र त्यति नै लोकप्रिय हुने विश्वास व्यक्त गरेका थिए । प्रमुख अतिथि बिष्टले सम्पूर्ण खेलाडीलाई धन्यवाद दिँदै नवौँ राष्ट्रि«य खेलकुदमा पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने प्रदेश खेलकुद विकास बोर्डले घोषणा गरिसकेको समेत जानकारी गराए ।