इटहरीः नवौँ राष्ट्रि«य खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौटका लागि भएको फुल कन्ट्याक्टतर्फ प्रदेश १ स्तरीय प्रतियोगिताबाट ओखलढुंगा र पाँचथरलाई तीन तीन स्वर्ण पदक मिलेको छ भने सोलुखुम्बुलाई २ स्वर्ण पदक मिलेको छ ।
प्रदेश राजधानी विराटनगरमा सोमबारदेखि भएको खेलको फाइनल खेल मंगलबार भएको थियो । फाइनलपछि हरेक विधामा स्वर्ण पदक ल्याउने १२ जना खेलाडी गण्डकी प्रदेशमा आयोजना हुने नवौँ खेलकुद प्रतियोगितामा सहभागी हुन पाउने भएका छन् । फुल कन्ट्याक्टतर्फ स्वर्ण पदक पाउने खेलाडीहरुमा पुरुषतर्फ ४० केजी तौल समुहबाट मोरङ्गका सुलभ पासवान छन् । यस्तै ४५ केजी तौल समुहमा सोलुखुम्बुका पार्थक कोइरालाले स्वर्ण पदक पाएका छन् भने ५० केजी तौल समुहमा ओखलढुंगाका किरण राई, ५५ केजी तौल समुहमा ओखलढुंगाकै मनिष कार्की र ६० केजी तौल समुहमा पनि ओखलढुंगाकै महेन्द्र गजमेरले स्वर्ण पदक जितेका छन् । यता, ६५ केजी तौल समुहमा स्वर्ण जित्नेमा सोलुखुम्बुका गौरव आचार्य छन् भने खुल्लातर्फ मोरङ्गका प्रकाश विश्वकर्माले स्वर्ण पदक जितेका छन् ।
यसैगरी, महिला तर्फको ४० केजी तौल समुहमा पाँचथरकी सृष्टि आङ्गदेम्बेले स्वर्ण जितेकी छन् भने ४५ केजी तौल समुहमा सोलुखुम्बुकी रुपा मगरले स्वर्ण पदक जितेकी छन् । यता, ५० केजी तौल समुहमा भएको प्रतियोगितामा पाँचथरकी बिना तुम्बापोले स्वर्ण लगेकी छन् भने ५५ केजी तौल समुहमा पाँचथरकै इच्छा माङलाङ्ग लिम्बूले स्वर्ण पदक पाएकी छन् । यता खुल्लातर्फ भोजपुरकी सुजिता राईले स्वर्ण पदक लिँदै गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन जान पाउने भएकी छन् । प्रतियोगी मध्येबाट स्वर्ण पाउने १२ जनाको नाम छनौट भएको मोरङ्ग जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा खेल संयोजक श्रवणकुमार ऋषिदेवले जानकारी दिएका छन् ।