इटहरीः मोरङ्गको विराटनगरमा रहेको शहीद रंगशालामा मंगलबार भएको ९ औं राष्ट्रि«य खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश नम्बर १ को पुरुष फुटबल छनौटको उद्घाटन खेलमा ताप्लेजुङ र  सुनसरी विजयी भएका छन् ।

विराटनगरमा भएको पहिले खेलमा ताप्लेजुङले सोलुखुम्बुमाथि ९–० को सानदार जित निकालेको छ । ताप्लेजुङको लागि खेलको १३, ७१ र ७५ औं मिनेटमा जर्सी नं ९ का खेलाडी मन्जित लिम्बूले गोल गर्दै प्रतियोगिताको नै पहिलो ह्याट्र्रिक गरेका छन् । १६ औं मिनेटमा पाएको पेनाल्टीबाट जर्सी नं १५ का खेलाडी ब्रीटिस वानेमले गोल गरेका थिए । यस्तै खेलको ३३  औं  मिनेटमा जर्सी नं ७ का खेलाडी शान्त लिम्बूले गोल गरे भने ३५ र ६० औं मिनेटमा जर्सी नं ६ का विवेक मादेनले गोल गरेका हुन् । यस्तै, ताप्लेजुङको लागि ४७ र ५५ औं मिनेटमा जर्सी नं ११ का खेलाडी पूर्ण लिम्बूले गोल गर्दै ताप्लेजुङलाई क्वार्टरफाइनलमा पुर्याए ।

sl2

खेलमा सुरुदेखि नै सोलुखुम्बुमाथि दबाब बनाइरहेको ताप्लेजुङले पहिलो हाफमा ४ गोल गरेको थियो भने दोस्रो हाफमा थप ५ गोल गर्दै समग्रमा ९–० को जित निकालेको हो । आज नै भएको दोस्रो खेलमा झापामाथि ३–१ को संर्घषपूर्ण जित निकाल्दै सुनसरी क्वार्टरफाइनल पुगेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा कुनै टिमबाट गोल हुन सकेन । दुवै टोलीले खेलमा राम्रा अवसर पाए पनि गोल भने गर्न नसकेपछि पहिलो हाफ बराबरीमा रोकिएको थियो । 

खेलमा सुनसरीले झापामाथि दबाब बनाए पनि ४१ औं मिनेटमा झापाका लागि जर्सी नं ९ का खेलाडी प्रदीप बुढाथोकीले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । यस्तै, सुनसरीको लागि ५६ औं मिनेटमा पेनाल्टीमार्फत् जर्सी नं ८ का खेलाडी दोर्जे तामाङले बराबरी गोल गरेका थिए । खेलको ६७ औं मिनेटमा जर्सी नं २ का खेलाडी दिनेश राईले गोल गर्दै सुनसरीलाई अग्रता दिलाउन सफल भए । त्यस्तै खेलको इन्जुरी समयमा जर्सी नं ११ का खेलाडी अशिम राईले गोल गर्दा सुनसरी ३–१ गोलले विजय भएको छ । छनौटअन्तर्गत भोलि चार खेल हुनेछन् ।