इटहरीः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगिताको झापामा मंगलबार सम्पन्न भएको आर्चरी खेलको महिला तर्फको उपाधि झापाले जितेको छ भने व्यक्तिगत र समुहगतमा संखुवासभा प्रथम भएको छ । झापामा खेलाइने खेलहरुमध्ये  मंगलबार ब्याडमिन्टन र आर्चरी खेलको समापन भएको थियो । 

काँकरभिट्टाको कभर्डहलमा ब्याडमिन्टन र भद्रपुरस्थित होटल एभरेटमा आर्चरीको खेलको समापन गरिएको जिल्ला खेलकुद विकास समिति झापाका सदस्य एवम् प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए ।

आर्चरीको स्यान्डर्ड पुरुष व्यक्तिगत ३० मिटरतर्फ संखुवासभाका जोजो भोटे, ङादर भोट र पासाङ भोटे क्रमशः स्वर्ण, रजत र कास्य पदक जिते ।

स्यान्डर्ड महिला व्यक्तिगत ३० मिटरतर्फ गंगा राई (सुनसरी)स्वर्ण, अन्जु राई (सुनसरी) रजत र योगिता काम्बाङ (झापा)ले कास्य जिते ।

स्यान्डर्ड पुरुष समूहगत ३० मिटरतर्फ संखुवासभाले स्वर्ण, सुनसरीले रजत र झापाले कास्य जित्यो । स्यान्डर्ड महिला समूहगत ३० मिटरतर्फ झापाले स्वर्ण, सुनसरीले रजत र भोजपुरले कास्य जित्यो ।

307651814_591131212713741_9050221714474873747_n

स्यान्डर्ड महिलापुरुष समूहगत ३० मिटरतर्फ सुनसरीले स्वर्ण, झापाले रजत र भोजपुरले कास्य जित्यो ।

त्यस्तै, रिकर्भ पुरुष व्यक्तिगत ७० मिटरतर्फ विक्रमजित राईले स्वर्ण, निरन्जन राईले रजत अजय राईले जिते । आर्चरीको छनोटअन्तर्गत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम् खेल संयोजक भेषराज भण्डारी प्रशान्तको अध्यक्षतामा आयोजित समापन कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष जिनाजंग कार्कीले खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

IMG-20220914-WA0138 (1)

समितिका सदस्य कार्कीले सञ्चालन र झापा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष गंगा कोइरालाले स्वागत गरेको कार्यक्रममा बोर्ड उपाध्यक्ष कार्कीले विजयी खेलाडीलाई शुभकामना दिएकी थिइन् । 

झापामा प्रदेशस्तरीय बक्सिङ र शारीरिक सुगठनका खेलहरु बुधबार सुरु हुने छन् । बक्सिङ दमकमा र शारीरिक सुगठन बिर्तामोडमा हुनेछ ।