इटहरीः नवौँ राष्ट्रिय खेलकुदको लागि प्रदेश नम्बर १ को ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलमा सुनसरीका सत्यम सुब्बा र महिला एकलततर्फ मोरङकी सीमा राजवंशी विजयी भएका छन् ।
आइतबारदेखि झापाको विर्तामोडमा भएको प्रदेश एक स्तरीय छनौट प्रतियोगितामा मोरङ्ग र सुनसरीले एकल तर्फको उपाधि हात पारेको हो ।
सुनसरीका सत्यम सुब्बाले भोजपुरका विशाल तामाङलाई २१–६ र २१–१५ को सोजो सेटमा हराउँदै जित हासिल गरेका हुन । महिला एकलततर्फ मोरङकी सीमा राजवंशीले उदयपुरकी रोजी राईलाई २१–११ र २१–१२ को सोजो सेटमा हराउँदै उपाधि जितेकी हुन् ।
असोज २८ देखि कात्तिक २ गतेसम्म पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश नम्बर १ बाट विजेता उपविजेतासँगै पुरुषतर्फ सुनिल कार्की संखुवासभा, अशिष खनाल सोलुखुम्बु, ताप्लेजुङका मिलन गुरुङ र दिपेन गुरुङ र उदयपुरका विनय चौधरी सहभागी हुनेछन् ।
महिलातर्फ विजेता र उपविजेतासँगै संखुवासभाकी एलिना श्रेष्ठ, धनकुटाकी अरुणा तामाङ र सुनसरीकी सृष्टि राई सहभागी हुनेछन् । झापाको काँकरभिट्टाको सामुदायीक हलमा तीन दिनसम्म आयोजना भएको खेलमा ४२ महिला सहित १२८ खेलाडीको सहभागिता रहेको थियो ।
विजेता तथा उपविजेता खेलाडीलाई प्रदेश खेलकुद विकास बोर्ड १ नम्बर प्रदेशका उपाध्यक्ष जिना कार्की, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायतले पदक वितरण गरेका थिए ।