इटहरीः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मंगलबारबाट सुनसरीको इनरुवामा सम्पन्न भएको कुस्ति प्रतियोगिताको छनौट खेलमा सुनसरीले ७ वटा स्वर्ण पदक जितेको छ । 

४ जिल्लाका खेलाडीहरु सहभागी भएको कुस्ति प्रतियोगिताबाट झापा र मोरङ्गका खेलाडीले पाँच पाँच वटा स्वर्ण पदक जितेर नवौँ राष्ट्रिय खेलमा सहभागिताको लागि छनौट भएका छन् । 

पाँचथरले कुस्तीमा ३ वटा स्वर्ण पदक जितेको छ । मंगलबारबाट भएको प्रतियोगितामा बिभिन्न तौल समुहमा प्रतिस्पर्धा भएको थियो भने फाइनल खेल बुधबार भएको थियो । 

306205560_1296891341081249_1408155831456239609_n

छनौट प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई सुनसरी जिल्ला खेलकुद विकास समितिकी उपाध्यक्ष सरस्वती लुइटेल तथा कार्यक्रमकी अतिथी नेकपा माओवादी केन्द्र इनरुवा नगरकमिटीकी इन्चार्ज तोया गिरीले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । 

स्वर्ण पदक विजेता खेलाडीहरु र अन्य खेलाडीबाट छनौट समितिले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि भाग लिने खेलाडीको छनौट गर्ने बताइएको छ ।