इटहरीः प्रदेश १ स्तरीय रग्वी प्रतियोगिताको बिहिबार सुनसरीको इटहरी रंगशालामा उद्घाटन गरिएको छ । 

प्रदेश खेलकुद विकास बोर्डका सदस्य रितेश श्रेष्ठले प्रदेश स्तरीय रग्वी प्रतियोगिताको उद्घाटन गरेका हुन् ।  नवौँ राष्ट्रिय खेलकुद प्रदेश एकको छनौटका लागि भएको  प्रदेश एक स्तरीय खेल रग्वी खेलको महिला तर्फ  तीन जिल्ला सहभागी भएका थिए ।

खेलका निर्णायक र रेफ्रीलाई रग्वी बल हस्तान्तरण गर्दै बोर्डका सदस्य श्रेष्ठले खेलाडीलाई शुभकामना दिएका थिए । बिहिबार भएको महिला तर्फको रग्वी खेलको उपाधि इलामले हात पारेको छ । त्यस्तै  मोरङ्ग र पाँचथरलाई पछि पार्दै इलामले उपाधि हात पारेको हो ।

ragbi 3

प्रदेश खेलकुद विकास बोडले महिला रग्वी खेलबाट बाह्र जना खेलाडी छनोट गर्ने बताएको छ । पुरुष तर्फ भएको पहिलो खेलमा ईलामले जितेको छ । झापा र इलाम बिच भएको खेलमा झापालाई हराउँदै इलामले जित हासिल गरेको हो । शुक्रबार रग्वी तर्फको बाँकी र फाइनल खेल हुने बताइएको छ ।