धरानः प्रदेश १ बास्केटवल खेलाडी छनौट प्रतियोगितामा सुनसरीले महिला पुरुष दुबैमा स्वर्ण पदक चुमेका छन् ।

शनिबार सम्पन्न प्रदेश १ पुरुष बास्केटबल खेलाडी छनौट प्रतियोगिताको फाइनल खेलमा सुनसरीले मोरङलाइ ६९–४२ अङ्कको अन्तरले पराजित गर्दै स्वर्ण पदक चुमेका हुन् ।  मोरङले सिलभर मेडलमा चित्त बुझाउन पर्यो । फाइनल खेलको प्रत्येक क्वाटरमा सुनसरीले अग्रता लिदै मोरङलाई पराजित गरेका थिए । खेलको प्रत्येक क्वाटरमा सुनसरी र मोरङले १९–१८, १७–८, १७–११ र १६–५ अङ्क जोडेको थियो । खेलमा सुनसरीका हेमन्त राईले ब्यक्तिगत १५ अंक जोडे ।

यसैगरी शनिबार नै ब्रन्ज मेडलका लागि इलाम र धनकुटा बिच भएको खेलमा इलामले धनकुटालाई ५९–४६ अंकको अन्तरले पराजित गर्दै ब्रन्ज मेडल हात पारे ।  खेलमा इलामका रिजन श्रेष्ठले ब्यक्तिगत २४ अंकको योगदान दिए । 

20220924_182521

बिजेता तथा उपबिजेता खेलाडीहरुलाइ कार्यक्रमका प्रमुख अतिथी नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी लगायतले मेडल र प्रमाणपत्र बितरण गरेका छन् ।

धरान १६ स्थित धरान रंगाशाला कर्भडहलमा असोज ६ गते देखि ८ गते सम्म  बास्केटबल खेलाडी छ्नौट  प्रतियोगिता सम्पन्न भएका हुन्  । महिला तर्फ सुनसरीले स्वर्ण , झापाले सिल्भर र मोरङले ब्रन्ज मेडल जितेका छन्  ।

       यस छनौट प्रतियोगितावाट प्रदेश १ बास्केटवल टिम छनौट गरिने छ ।   छनौट भएका खेलाडीहरुले यहि असोज २८ गते देखि पोखरामा हुने ९ औ राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा गर्नेछ । यस छनौट प्रतियोगितावाट फुल कोर्टका लागि १२ जना खेलाडी र थ्री वाइ र्थीका लागि ४ जना खेलाडी छनौट गरिने छ ।

20220924_182353