इटहरीः नवालिकाको बलात्कारको आरोपमा रहेका निलम्बित नेपाली क्रिकेट टिमका क्याप्टेन सन्दिप लामिछानेलाई नेपाल प्रहरीले इन्टरपोलको फरार सुचिमा दर्ता गराएको छ । 

श्ुाक्रबारै सन्दिप विरुद्ध इन्टरपोलमा नोटिस जारी गरिएको प्रहरी प्रद्यान कार्यलयले जनाएको छ । क्रिकेट खेल्न केन्या जानुअघि काठमाण्डौको एक होटलमा नावालिक किशोरीमाथि बलात्कार गरेको आरोप लागेका सन्दिप नेपाल आउनु पर्नेमा  सम्पर्कविहीन भएपछि उनको खोली इन्टरपोलमा रहेका सदस्य राष्ट्रहरुले गरिरहेका छन् । 

नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले लामिछानेविरुद्ध फरारसूचीमा राख्दै डिफ्युजन नोटिस जारी गरेको हो ।  उक्त नोटिस जारी भएसँगै लामिछाने इन्टरपोलका सदस्य राष्ट्रका प्रहरीको फरार सूचीमा परेका छन् । यी देशमा लामिछाने भेटिए सम्बन्धित देशका प्रहरीले उनलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाउन सक्छन् ।

सन्दिपले आइतबार फेसबुकमा आफु मानसिक तनावमा रहेकाले आइसोलेसनमा रहेको र आराम गरिरहेको बताएका थिए । आफु चाँडै नेपाल आएर अनुसन्धानमा सहयोग गर्ने सन्दिपले बताएका छन् । आफु निर्दोष रहेको बताउँदै सन्दिपले कानुनी परामर्श गरीरहेको बताएका छन् । 

अदालतको आदेशलगत्तै उनी फरारसूचीमा समेटिएका सन्दिपले त्यसको भोलिपल्ट २४ गते फेसबुक र ट्विटरमार्फत आफू निर्दोष रहेको दाबी गर्दै छिट्टै नेपाल फर्किएर कानुनी लडाइँ लड्ने बताएका उनी अहिलेसम्म नेपाल फर्किएका छैनन् । फेसबुकमा उनले आफू कुन देशमा रहेको भन्नेबारे पनि केही खुलाएका छैनन् ।