इटहरीः यहि असोज २८ गतेदेखि गण्डकी प्रदेशमा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागि बन्द प्रशिक्षणका लागि प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ ले नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक सुरेन्द्र तामाङलाई प्रशिक्षकमा नियुक्त गरेको छ । 

नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ पुरुष फुटबल टोलीलाई प्रशिक्षण गराउन र गण्डकी प्रदेशमा हुने खेलमा उतार्न सुरेन्द्रलाई उक्त जिम्मेवारी दिइएको प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ ले बताएको छ । 

 नियुक्तिसँगै सुरेन्द्रले इटहरी रंगशालामा हुने बन्द प्रशिक्षण तथा यहि असोज २८ गतेदेखि पोखरामा हुने राष्ट्रिय खेलकुदमा प्रदेश १ पुरुष फुटबल टोलीको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रदेश १ खेलकुद विकास बोर्डले फुटबलको बन्द प्रशिक्षण असोज २५ गतेसम्म इटहरी रंगशालामा गर्ने बताएको छ  । राष्ट्रिय खेलकुदका लागि प्रदेश १ को फुटबल टोली छनौट भईसकेको छ । जसमा कुल २० खेलाडीहरु छनौट भएका छन् ।