इटहरीः प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ ले फेन्सिङ्ग र हेण्डबलका महिला र पुरुष खेलाडीलाई गण्डकी प्रदेशमा आयोजना हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विदाई गरेको छ । 

खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले सहित बोर्डका पदाधिकारी र पुर्वाञ्चल खेलकुद विकास समितिका कर्मचारीले शनिवार एक कार्यक्रमका बिच सुनसरीको इटहरी रंगशालाबाट खेलाडीलाई विदाई गरेको हो । 

310770940_1257166975134007_808168109510438632_n

खेलाडीलाई विदाई गर्दै सदस्य सचिव वाग्लेले जितको शुभकामना दिँदै प्रदेशको लागि मेडल जितेर ल्याउन खेलाडीलाई शुभकामना दिएका थिए । विदाई कार्यक्रमका खेलकुद विकास बोर्डका सदस्य शैलेश कुमार बिष्ट, पुर्वाञ्चल खेलकुद विकास समितिका कार्यलय प्रमुख चण्डिका बास्तोला लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । 

शनिवार प्रदेश १ बाट फेन्सिङ्ग र हेण्डबलको महिला र पुरुष गरी ५९ जना खेलाडीलाई गण्डकी प्रदेशमा आयोजना हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुनका लागि विदाई गरिएको खेलकुद विकास बोर्डले जनाएको छ । बोर्डले शुक्रबार महिला क्रिकेट टोलीलाई पोखराको लागि  विदाई गरेको थियो । 

309388958_1257166421800729_4836573846441773490_n