प्रकाश बन्जारा
इटहरीः गण्डकी प्रदेशमा आयोजना हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश नम्बर १ बाट मंगलबार बिभिन्न सात खेलका १ सय २३ जना खेलाडीलाई विदाई गरिएको छ ।
प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री राजन राई, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले लगायतको टोलीले मंगलबार एक कार्यक्रमबा विच इटहरी प्रादेसिक रंगशालाबाट खेलाडीलाई विदाई गरेको हो ।
असोज २८ गतेदेखि कार्तिक ३ गते सम्म आयोजना हुने कार्यतालिका भएपनि केही खेल अघिनै शुरु भइसकेका छन् भने केही खेल शुरु हुने क्रममा छन् त्यसैले पनि खेलाडीहरुलाई चाँडै गण्डकी प्रदेश तर्फ पठाइएको प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेस कुमार विष्ट बताउँछन् ।
मंगलबार प्रदेश नम्बर १ ले भलिवल महिला पुरुष, फुटबल, हक्कि, साइक्लिङ्ग, फुलक्न्याक्ट कराँते र बुद्धिचालका खेलाडीहरुलाई विदाई गरेको हो । मंगलबारको टोलीमा १ सय २३ जना खेलाडीलाई विदाई गरिएको बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए ।
प्रदेश १ ले यसअघि नै महिला क्रिकेट टिममा १६ र ह्याण्डबलको पुरुष, महिला दुवै टिम र फेन्सिङ्गको गरी ५९ जनाको टिमलाई गण्डकी प्रदेशमा पठाइसकेको छ ।