पोखराः नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलमा कर्णाली, प्रदेश १ र गण्डकी बिजयी भएको छ । पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा कर्णालीले मधेशमाथि ११–७ ले जित निकालेको हो। कर्णालीकीअञ्जली शाही र संगीता सिंहले सर्वाधिक समान ५÷५ स्कोर गरे।

जितसँगै कर्णालीले महत्वपूर्ण ३ अंक बटुलेको छ । मधेश प्रदेश भने लगातार दोस्रो खेलसम्म पराजित बनेको छ। मधेशले पहिलो खेलमा विभागीय नेपाल आर्मीसँग २–४६ ले हार व्यहोरेको थियो । कर्णालीले पहिलो खेलमा प्रदेश–१ संग ४–२६ ले हार व्यहोरेको थियो । त्यसैगरी प्रदेश–१ ले लगातार दोस्रो जितनिकालेको छ । आफ्नो दोस्रो खेलमा समूह ‘बी’ को प्रदेश–१ ले बागमती प्रदेशलाई २४–८ ले पराजित गरेको छ । प्रदेश–१ ले अपराजित रहँदै ६ अंकजोडेको छ । 

प्रदेश–१ की प्रेक्षा कटुवालले सर्वाधिक ८ गोल गरिन् । त्यसैगरी घरेलु गण्डकीले समेत लगातार दोस्रो जितनिकालेको छ । आफ्नो दोस्रो खेलमा समूह ‘ए’ को गण्डकीले सुदूरपश्चिममाथि २७–४ को जित निकाल्दै ६ अंक जोडेको छ । आइतबारको आफ्नो पहिलो खेलमा गण्डकीले कर्णालीलाई ५८–२० को फराकिलो अन्तरले जितेको थियो । गण्डकीकी योगिता गुरुङले सर्वाधिक ८ गोल गरिन् ।