पोखराः नबौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत बिहीवारबाट सुरु भएको पुरुष हक्की प्रतियोगिताको  दोस्रो खेलमा प्रदेश नं १ विजयी भएको छ । प्रदेश १ ले सुदुरपश्चिम प्रदेशलाई १–० अन्तरले पराजित गरेको हो ।

रिसव चौधरीले खेलको ५३ औ मिनेटमा गोल गर्दै प्रदेश १ लाई जित दिलाएका हुन् ।

पहिलो खेलमा नेपाल आर्मीले जित शुरुवात गरेको छ । प्रतियोगिताको उदघाटनको पहिलो खेलमा त्रिभुवन आमीले गण्डकी प्रदेशलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ९ औं मिनेटमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए । २८ औं मिनेटमा कार्कीले दोस्रो थप्दै अग्रता दोब्बर बनाएका हुन् । त्यसैगरि ३७ औं मिनेटमा प्रदीप राजवंशीले गोल गरेका थिए ।

खेलको ४२ औं मिनेटमा रोमन रानाले गोल गर्दै आर्मीलाई फराकिलो जित दिलाएका थिए । प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेश र प्रदेश नं १ विच प्रतिस्पर्धा हुने खेल तालिका भएपनि कार्यक्रम ढिला सुरु भएकोले तेस्रो खेल अन्तर्गत गण्डकी र आर्मीविच खेल भएको थियो ।