पोखराः खेल र खेलाडीहरुको महाकुम्भको रुपमा लिइएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को सम्पुर्ण तयारी पुरा भएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ  ।

औैपचारिक उद्घाटन आज  शुक्रबार पोखराको रंगशालामा सुरु हुन लागेको भएपनि विभिन्न खेलका प्रतियोगिताहरु भने २४ गते असोजबाटै भइरहेका छन् ।   राखेपले बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै  प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको बिहीबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

पोखरा रंगशालामा हुने उद्घाटन समारोहमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरुबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रमलगायत आतिशबाजी सहित विविध मनोरन्जनात्मक कार्यक्रमहरु प्रदर्शन हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका छन् । घिसिङ्गका अनुसार उद्घाटन कार्यक्रमको अवसरमा प्रतियोगितामा  सहभागी ११ टिमहरुको मस्कट सहित मार्च पास, इन्दिरा जोशी र कालीप्रसाद अधिकारी साथमा प्रस्तुती तथा विवोइङ प्रदर्शन हुने छ भने साँझ आतिशवाजी गरिनेछ ।

qr-stadium

औपचारिक उद्घाटन कार्यक्रम शुक्रबार साँझ ४ बजे उपराष्ट्रपति नन्दकिशोर पुनबाट हुने बताइएको छ । कुल ४ सय ४ स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुने प्रतियोगितामा हालसम्म बागमती प्रदेश ४ स्वर्ण १ रजत, आर्मी ३ स्वर्ण, ३ रजत ६ काश्य, एपिएफ क्लव २ स्वर्ण ३ रजत र ६ काश्य, सुदुर पश्चिम १ स्वर्ण र ३ काश्य, नेपाल पुलिस १ स्वर्ण, प्रदेश १ ३ काश्य र गण्डकी प्रदेश २ काश्य प्राप्त गरेको छ । 

असोज २३ गते बाट महिला क्रिकेट खेल तथा असोज २४ बाट महिला तथा पुरुष ह्याण्डबल र फेन्सिङ खेल जारी रहेको छ । प्रतियोगितामा ६ हजार १ सय ५६ खेलाडीको सहभागी रहेको छ ।

तेक्वान्दो र महिला भलिबल म्याग्दीमा र बुद्धिचाल गोरखामा बिहीबार सुरु भएको छ ।  पत्रकार सम्मेलनमा बोल्दै  राखेप सदस्य सचिव घिसिङले प्रतियोगितालाई सफल बनाउन आग्रह आग्रह गरेका छन् ।