प्रकाश बन्जारा 

पोखराः खेल र खेलाडीहरुको महामेलाको रुपमा चिनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को औपचारिक उद्घाटन शुक्रबार गण्डकी प्रदेशको पोखरामा भएको छ । 

गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक भव्य समारोहका विच उपराष्ट्रपति नन्दकिशोर पुनले नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरेका हुन । 

‘एकताबद्द देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको खेलमा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुदको संज्ञा दिँदै सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौँ राष्ट्रिय खेलकुद २०७९ को झण्डात्तोलन गरेका थिए । 

278993223_1110309936259367_3067957057395963640_n

खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा प्रदेश १ सहित सातवटै प्रदेश तथा ३ वटा बिभागिय टिम र एनआरएनका टिमले मार्चपास गरेका थिए । प्रदेश १ टिमको मार्चपासमा प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ का सदस्य सचिव हंशराज वाग्ले, उपाध्यक्ष जिनाजंग कार्की, बोर्डका सदस्यहरु शैलेसकुमार बिष्ट, रितेश श्रेष्ठ, जिवनी राई , रोशनी राई , प्रदिप भगत लगायत खेलकुद विकास समितिका पदाधिकारीहरु, पूर्वाञ्चल खेलकुद विकास समितिका पदाधिकारी तथा प्रदेश १ बाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुन गण्डकी प्रदेशमा आएका खेलाडीहरुको सक्रिय सहभागिता रहेको थियो । 

311244420_814716729737792_5188058202967112866_n

सबै टिमको मार्चपास पछि त्यसबाहेक झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिएको थियो ।

विविध कारणबस ४ बर्षपछि आयोजना भएको राष्ट्रिय खेलकुदको उद्घाटन सत्रमा संघीय सरकारका संस्कृती तथा पर्यटनमन्त्री जिवनराम श्रेष्ठले मन्तव्य राखेका थिए भने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

296965542_1279414956207090_3964935613216163087_n

कार्यक्रममा गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पनि ४० बर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न पाउँदा प्रदेश सरकार खुशी भएको बताए । 

राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकीमा भने ३९ वर्षपछि प्रतियोगिता भएको हो ।  यस अघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको छ । नवौंको अधिकासं खेलहरु पोखरा रंगशालामा हुनेछ भने कतिपय खेल गण्डकी प्रदेश भरी बिभाजन गरिएको छ । 

नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यस पटक विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मी सहित सात प्रदेशका सात टिम र एनआरएनए गरि ११ टिमका खेलाडीले सहभागिता जनाउँदै छन् । यस पटक ३६ खेलका ४ सय ४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

310129210_983762239014828_5828558880476782687_n