पोखराः गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दो तर्फको पहिलो दिनको खेलमा प्रदेश १ ले २ कास्य पदक जितेको छ । 

म्याग्दी जिल्लाको वेनीमा भइरहेको तेक्वान्दो प्रतियोगिता अन्तर्गतको पुम्से खेलमा प्रदेश एकका महिला र पुरुष तर्फ एक -एक कास्य पदक मिलेको हो ।  

286330499_811551113438135_3456116710749328508_n

महिला एकल पुम्सेमा प्रदेश १ की सुसिला राईले कास्य पदक जितेकी छन् भने पुरुष एकल पुम्सेमा प्रदेश १ का विवेक राईले कास्य पदक जितेका छन् । महिला तर्फ आर्मीकी स्वस्तिका तामाङ्गले रजत र नेपाल प्रहरीकी निशा ढकालले स्वर्ण पदक जितेका थिए भने पुरुष तर्फ लुम्बिनी प्रदेशका युवराज रानाले रजत र प्रहरीकै कमल श्रेष्ठले स्वर्ण पदक हात पारेका थिए ।