पोखराः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिवार भएको पौडी तर्फको व्याक स्ट्रोक इभेन्टमा प्रदेश नम्बर १ ले एक रजत पदक हात पारेको छ । 

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीको पुरुष २०० मिटर ब्याक स्ट्रोकमा प्रदेश नम्बर १ का प्रारम्भ भण्डारीले २ मिनेट २३.६४ सेकेन्डको समय निकाल्दै रजत पदक हात पारेका हुन । प्रतियोगितामा एपीएफ क्लबका तेन्जिङ नामडोल रायन गुरुङले राष्ट्रिय किर्तिमानसहित स्वर्ण जितेका छन् ।

पोखरास्थित फिस्टेल एकेडेमीमा शनिबार भएको खेलमा तेन्जिङले २ मिनेट १६.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमानको समय निकाल्दै स्वर्ण पदक जितेका हुन् ।

यसअघि सर्ट कोर्सको यो कीर्तिमान नाथन दोर्जे शेर्पाको नाममा रहेको थियो। उनले २०१९ मा यो कीर्तिमान बनाएका थिए। दोर्जेको २ मिनेट १६।५० सेकेन्डको कीर्तिमान रहेको थियो । 

यस स्पर्धामा जित्दा एपीएफका सौरेन बहादुर सिंहले २ मिनेट २५।२३ सेकेन्डको समय निकाल्दै कास्य जिते । यसैगरी महिला तर्फ प्रदेश एककी उपासना राईले एक कास्य पदक जितेकी छन् ।