पोखराः नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको गल्फ खेल प्रतियोगितामा प्रदेश १ ले एक रजत र एक कास्य पदक जितेको छ । 

राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गल्फको पुरुष एकलमा प्रदेश १ का युवराज भुजेलले कास्य पदक जितेका ह्ुन् । पुरुष टिम इभेन्ट्समा प्रदेश १ ले रजत पदक जितेको छ । बुद्धिचालअन्र्तगत महिला क्लासिकल इभेन्टको तेस्रो चरण सम्पन्न हुँदा प्रदेश नम्बर १ की खेलाडी खुश्बु थापाले अग्रता लिएकी छन् । थापाले अंक ३ प्राप्त गरेकी छन् । प्रदेश नम्बर १ कै कृतिसारा अधिकारीले २ दशमलव ५ अंक जोडेकी छन् ।