पोखराः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलमा शनिबार प्रदेश नम्बर १ ले गण्डकी प्रदेशलाई २–१ गोलले पराजित गरेको छ ।

अन्जना थुलुङ राईले ३६औँ मिनेटमा गोल गर्दै प्रदेश नम्बर १ लाई अग्रता दिलाइन् । दोस्रो हाफको ६३औँ मिनेटमा अनिता गुरुङले गोल गर्दै अग्रता दोब्बर पारेकी थिइन् ।

खेलको ८१औँ मिनेटमा शान्ति नेपालीले गण्डकीका लागि एक गोल गरे पनि हारबाट जोगाउन पर्याप्त भएन ।