पोखराः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिवार भएको महिला भलिवल प्रतियोगितामा प्रदेश १ ले मधेश प्रदेशलाई हराउँदै जित हासिल गरेको छ । 

गण्डकी प्रदेशको म्याग्दी सदरमुकाम बेनीमा भएको भलिवल प्रतियोगितामा प्रदेश १ को महिला टोलीले मधेश प्रदेशलाई सोझो ३ सेटमा हराएको थियो । 

खेलको पहिलो सेटमा प्रदेश १ ले २५ अंक ल्याउँदा मधेशले १३ अंक ल्याएको थियो भने दोस्रो सेटमा प्रदेश एकले २५ अंक ल्याउँदा मधेशको २२ अंक थियो भने अन्तिम सेटमा मधेशलाई १५ अंकमा रोक्दै प्रदेश १ ले जित हासिल गरेको हो ।

 शनिवारको महिला भलिवलको म्यान अफ द म्याच प्रदेश एककी जर्सी नम्बर ६ की खेलाडी समिक्षा राई भइन । शुक्रबार भएको पहिलो खेलमा प्रदेश १ लाई वाग्मती प्रदेशले जितेको थियो ।