पोखराः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिवार भएको पुरुष भलिवल तर्फको खेलमा प्रदेश १ लाई बिभागिय टिम त्रिभुवन आर्मी क्लवले सोझो सेटमा पराजित गरेको छ । 

पोखरा रंगशालामा भएको पुरुष भलिवलमा प्रदेश १ का खेलाडीले राम्रो प्रदर्शन गरेका भएपनि आर्मीको तुलनामा कमजोर सावित भएको थियो । 

311348649_661488541984609_7856493245608410076_n

भलिवलको आफ्नो प्रदेशको खेलमा पुर्व भलिवल खेलाडी एंव प्रदेश एक खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले समेत उपस्थित भएका थिए । 

त्रिभुवन आर्मी क्लवले पहिलो सेटमा प्रदेश एकलाई २५– १२ दोस्रो सेटमा २५– १९ र तेस्रो सेटमा २५ – २३ को अंकले जित हासिल गरेको थियो ।