पोखराः तेक्वान्दोको एकल पुम्सेमा २ वटा कास्य पदक जितेको प्रदेश १ ले टिम पुम्सेमा पनि एक कास्य पदक थप गरेको छ । 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिवार म्याग्दि जिल्लाको सदरमुकाम वेनीमा भएको टिम पुम्से प्रतियोगितामा प्रदेश एकका सुशिला राई , मनिषा विक र शान्ति राईको टिमले कास्य पदक जितेको हो । टिम पुम्सेतर्फ नेपाल आर्मीले स्वर्ण पदक पाएको छ भने नेपाल प्रहरीले रजत पदक पाएको छ ।