पोखराः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत  सेपाकताक्रो पुरुष डबलतर्फ प्रदेश १ ले रजत पदक जितेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा प्रदेश १ विभागीय टिम नेपाली सेनासँग पराजित भएपछि रजतमा चित्त बुझाएको हो । 

यसअघि सेनाले गण्डकी प्रदेशलाई र प्रदेश १ ले बागमती प्रदेशलाई पराजित गरेर फाइनलमा प्रवेश गरेका थिए ।

महिला र पुरुषको फरक–फरक ३ विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नम्बर १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छन् ।