पोखराः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको पुरुष रग्वी प्रतियोगितामा सुदुरपश्चिम प्रदेशलाई जितेपछि प्रदेश १ अर्को चरणमा प्रवेश गरेको छ ।  

पहिलो चरणको खेलमा नेपाल पुलिस क्लवसँग बराबरीमा रोकिएको प्रदेश १ ले आइतबार भएको प्रतियोगितामा सुदुरपश्चिम प्रदेशलाई १२ – ५ अंकले हराउँदै अर्को चरणमा पुगेको हो । अंक तालिकाको आधारमा प्रदेश १ अगाडी बढेको हो । 

पोखराको भण्डारढिक खेलमैदानमा रग्वी प्रतियोगिता सञ्चालन भइरहेको छ ।