पोखराः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशको पोखरामा भइरहेको कराँते प्रतियोगितामा प्रदेश नम्बर १ ले एक रजत र एक कास्य पदक थप गरेको छ । 

शनिवार भएको काता तर्फको खेलमा एक रजत र एक कास्य पाएको प्रदेश एकले आइतबार भएको खेलमा थप तीन पदक जितेको हो ।

310955241_5431103403604189_149207664485545395_n 

प्रदेश एकको लागि पुरुष टिम काँटा तर्फ असेस मगर, विवेक राई र खगेन्द्र राईले कास्य पदक जितेका छन् भने ५५ केजी फाइटमा प्रदेश १ की विद्याकला राईले रजत पदक हात पारेकी छन् । यस्तै ७५ केजी पुरुष कुमुते तर्फ प्रदेश १ कै रुरिहाँग राईले एक कास्य पदक जितेका छन् । 

गण्डकी प्रदेशका बिभिन्न जिल्लामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कार्तिक ३ गतेसम्म चल्नेछन् ।