पोखराः गण्डकी प्रदेशको पोखरामा जारी नबौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सफ्ट टेनिसमा प्रदेश नम्बर १ ले स्वर्ण पदक जितेको छ । 

सोमबार भएको पुरुष एकल प्रतियोगिताको फाइनलमा बागमती प्रदेशका प्रदिप खत्रीलाइ हराउँदै प्रदेश १ का युकेश योञ्जनले स्वर्ण पदक जितेका हुन् । योञ्जनले बागमती प्रदेशका खेलाडीलाइ ४–१ अन्कले हराएका थिए । 

सातौं राष्ट्रिय देखि टेनिसमा प्रतिस्पर्धा गरिरहेका युकेसले सातौंमा कास्य, राखेपको प्रतिस्पर्धमा स्वर्ण, आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेका थिए ।

309061999_5830285893689192_6167334005728029678_n

युकेसको स्वर्ण पदकसँगै प्रदेश नम्बर १ ले २ स्वर्ण बनाएको छ । यस्तै महिला एकल सफ्ट टेनिसमा प्रदेस १ ले कास्य पदक जितेको छ । बिराटनगरकी श्रेया योञ्जनले गण्डकी प्रदेशकी  अदिति पराजुलीलाइ हराउँदै कास्य पदक जितेकी हुन । युकेश र श्रेया दुबै बिराटनगरका हुन । एकलमा पदक जिते पनि उनीहरु डबलमा समेत प्रतिस्पर्धा गर्नेछन । 

पदक बिजेता खेलाडीसँग प्रदेश खेलकुद बिकास बोर्ड प्रदेस १ का सदस्य सचिब हंस राज वाग्लेले भेटी बधाई दिएका छन । वाग्लेले टिम खेलमा सफलताको शुभकामना समेत दिए ।