प्रकाश बन्जारा 

पोखराः आइतबार ५० मिटर ब्याक स्ट्रकमा स्वर्ण पदक जितेका प्रदेश १ का विकास कुमालले सोमबार प्रदेश १ को लागि अर्को पदक थप गरेका छन् । 

सोमबार पोखरामा भएको २ सय मिटर ब्याक स्ट्रक तर्फको प्रतियोगितामा विकासले प्रदेश १लाई रजत पदक दिलाएका छन् । 

पोखराको फिस्टेल एकेडेमीमा सोमबार त्रिभुवन आर्मी क्लबका नासिर याह्या हुसेनले दुई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा एनआरएनएका आशिष सापकोटाले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते ।

आशिषले २ मिनेट २९।६० सेकेन्डको समय निकाले । उनले सुभम श्रेष्ठले बनाएको २ मिनेट ३१।१५ सेकेन्डको कीर्तिमान तोडेका हुन् ।

प्रदेश १ का विकास कुमालले २ मिनेट ३०।७६ सेकेन्डसहित रजत र बागमतीका सेरेन सिंहले २ मिनेट ३६।७४ सेकेन्डसहित कास्य हात पारे ।