प्रकाश बन्जारा 

पोखराःनवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला फुटवल प्रतियोगितामा प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेको छ । 

सोमबार वालिङमा भएको महिला फुटबल प्रतियोगितामा  कर्णाली प्रदेशलाई ६ – ० गोल गर्दै प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेको हो ।  

खेलको ५ औँ मिनेटमा प्रदेश १ की अनिता गुरुङले पहिलो गोल गरिन भने २२ औँ मिनेटमा प्रतिक्षा राईले दोस्रो गोल गरिन ।

खेलको दोस्रो हाफको ८४ औँ मिनेटमा तिर्थाकुमारी लिम्बुले तेस्रो गोल गरिन भने लगत्तै ८५ औँ  मिनेटमा अन्जना थुलुराईले चौथो गोल गरिन ।

खेलको ८७ औँ मिनेटमा ममता राउतले पाँचौ गोल गरिन भने एडिसनल समयमा थप गरिएको ३ मिनेटमा पुनः अन्जना थुलुङरार्ईले छैटौँ गोल गरिन् ।

सोमबार भएको पहिलो खेलमा एपिएफ क्लब विजयी भएको छ । एपिएफले गण्डकी प्रदेशलाई ५–० को गोल अन्तरले पराजित गर्र्दै जित निकालेकोे हो ।

खेलको २ आँै मिनेटमा एपिएफकी रञ्जना दर्जीले पेनाल्टी मार्फत पहिलो गोल गर्दै आफ्नो टिमलाई अगाडीको यात्रा तय गराएकी थिईन् । लगत्तै खेलको ६ औँ मिनेटमा अनिता केसीले दोस्रो गोल गरिन् । 

खेलको ३७ औँ मिनेटमा सरु लिम्बुले तेस्रोे गोल गरिन । खेलको दोस्रो हाफको ८३ औँ मिनेटमा पुनः रञ्जना दर्जीले चौथो गोल गरिन भने ८८ औँ मिनेटमा अनिता बस्नेतले पाँचौ गोल गरिन् ।

हाल सम्म मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बीनी प्रदेश, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश खेलबाट बाहिरिएका छन् ।

मंगलबारको पहिलो खेलमा नेपाल पुलिस क्लब र प्रदेश नम्बर एक, दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब विच प्रतिस्पर्धा हुनेछ ।