पोखराः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत प्रदेश १ तेस्रो स्वर्ण पदक जितेको छ । प्रदेश १ का लागि यो तेस्रो स्वर्ण हो ।

सोमबार साँझ पोखरामा सम्पन्न शारीरिक सुगठनमा प्रदेश १ ले एक स्वर्ण प्राप्त गर्यो । यसअघि पौडी र सफ्ट टेनिसमा प्रदेश १ ले एक/एक स्वर्ण पदक पाएको छ ।

311920092_808645987116142_4768695904150482121_n


प्रदेश १ बाट प्रतिनिधित्व गरेका धरानका अवतार श्रेष्ठले शारीरिक सुगठनतर्फ स्वर्ण पदक जितेका हुन् ।

शारीरिक सुगठनका प्रदेश १ का प्रशिक्षक राम दाहालका अनुसार श्रेष्ठले पुरुष फिजिक्सको १७० सेन्टिमिटर माथिको विधामा स्वर्ण जितेका हुन् । श्रेष्ठ प्रथम रेनबो क्लासिक राष्ट्रव्यापी पुरुष फिजिक्सको समेत विजेता हुन् ।