पोखराः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत प्रदेश १ कि कुसुम राजबंशीले एक स्वार्ण पदक थप गरेकी छन् । 

पोखरामा जारी ९औ राष्ट्रिय खेलकुद प्रतियोगितामा आइटिएफ तेक्वान्दोमा प्रदेश १ ले थप एक गोल्ड मेडल ल्याउन सफल भएको हो । कुसुमले ५१.५५ केजीमा  प्रदेश १ लाई गोल्ड मेडल दिलाएकी हुन् ।  यो सहित प्रदेश १ को गोल्ड मेडल संख्या ४ पुगेको छ । यस अघि शारिरिक सुगठन , सफ्ट टेनिस र पौडीमा प्रदेश नम्बर १ ले स्वर्ण पदक जितेको छ ।