पोखराः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको १ सय मिटर बे्रस्टस्ट्रोक पौडी प्रतियोगितामा संखुवासभाका विकास कुमालले राष्ट्रिय किर्तीमान सहित स्वर्ण पदक जितेका छन् । 

312103849_435786645329080_2492386633092038974_n

कुमालले पुरुष १०० मिटर ब्रेस्टस्ट्रक इभेन्ट १ मिनेट ७.९३ सेकेण्डमा पुरा गर्दै राष्ट्रिय किर्तीमान कायम गरेका हुन । यसअघि शुभम श्रेष्ठले १.८.१५ सेकेण्डमा पार गरेको दुरीलाई तोड्दै विकासले नयाँ किर्तीमान कायम गरेका हुन । 

309650368_1208369943081829_2861692736354428534_n

विकासले यसअघि ५० मिटर ब्रेस्टस्ट्रकमा प्रदेशकालागि स्वर्ण जितिसकेका छन् भने २०० मिटर ब्रेस्टस्ट्रकमा रजत पदक जितेका छन् ।

त्यसैगरी पुरुष ४ सय मिटर आइएम इभेन्टमा प्रदेश एकका प्रारम्भ भण्डारीले रजत पदक जितेका छन् । भण्डारीले यसअघि पनि सय मिटर पुरुष तर्फ  रजत पदक हात पारका थिए । 

310852417_415660214068215_4339743692671931798_n