पोखराः नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको बक्सिङ प्रतियोगितामा त्रिभूवन आर्मी क्लव ११ स्वर्ण सहित च्याम्पियन बन्न सफल भएको छ । 

एपिएफले ४, बागमतीले ३, एनआरएनले २, गण्डकी प्रदेश, प्रदेश नं.१ र नेपाल पुलिसले समान १–१ स्वर्ण जितेको छ । 

 प्रतियोगिता अन्तर्गत ४८ केजी तौल समूहमा आर्मीका सुशील थापाले स्वर्ण पदक जिते । उनले वागमती प्रदेशका रवीन थापालाई ५–० ले हराउँदै स्वर्ण पदक जितेका हुन् । स्वर्ण पदकमा चुकेका रवीनले रजत पदक जित्दा एपीएफका आश तामाङ र लुम्बिनी प्रदेशका सुरज ओलीले काश्य पदक जिते ।

५१ केजी तौल समूहमा नेपाल पुलिस क्लवका चन्द्रबहादुर थापाले स्वर्ण पदक जिते । उनले एपीएफ क्लवका प्रदीप महर्जनलाई ३–२ ले पराजित गर्दै स्वर्ण जितेका हुन् । पराजित प्रदीले रजत पदक जित्दा वागमतीका लालप्रसाद उप्रेती र आर्मीका सुवास तामाङले काश्य पदक जिते ।

५४ केजी तौल समूहमा आर्मीका प्रेम चौधरीले स्वर्ण पदक जिते । उनले प्रदेश–१ का आङपेम्वा शेर्पालाई ५–० ले पराजित गर्दै स्वर्ण जितेका हुन् । आङपेम्वाले रजत पदक प्राप्त गर्दा गण्डकी प्रदेशका पूर्णबहादुर गुरुङ र वागमतीका मदनकृष्ण डंगोलले काश्यमा चित्त बुझाए ।

५७ केजी तौल समूहमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का शिबु थापाले स्वर्ण पदक जिते । उनले एपीएफका पुरण राईलाई ५–० ले पराजित गर्दै स्वर्ण जितेका हुन् । पराजित पुरणले रजत पदक जित्दा गण्डकीका बुद्ध ग्याल्मो लामा र कर्णाली प्रदेशका प्रकाश शाहीले काश्य पदकमा चित्त बुझाए ।

६० केजी तौल समूहमा आर्मीका पुरन सुनुवारले स्वर्ण पदक जितेका छन् । उनले लुम्बिनी प्रदेशका अनिलकुमार पुनमगरलाई ४–१ ले हराउँदै स्वर्ण जितेका हुन् । लुम्बिनीका अनिलले रजत पदक जित्दा वागमतीका सुलभ माली र गण्डकीका निश्चल गुरुङले काश्य जिते ।

लाईट ६३ केजी तौल समूहमा वागमतीका मौसम रानामगरले स्वर्ण पदक जितेका छन् । उनले आर्मीका लालु आले मगरलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । उपबिजेता आलेले रजत पदक हात पार्दा गण्डकीका सफल घर्तीमगर र लुम्बिनीका नेत्रबहादुर थापाले काश्य पदक जिते ।

६७ केजी तौल समुहमा आर्मीका दानबहादुर दर्मालीले स्वर्ण जित्दा प्रदेश १ का अभिनया राईले रजत तथा दावा छिरिङ लामाले कास्य जिते । लाइट ७१ केजीमा एनआरएनका चन्द्रबहादुर तामाङले स्वर्ण, आर्मीका दिपेश लामा रजत र एपिएफका निश्चि विष्ट र सुदुरपश्चिम प्रदेशका श्याम बहादुर महतोले कास्य प्राप्त गरे । 

७५ केजी तौल समूहमा आर्मीका  दिपक श्रेष्ठले स्वर्ण, प्रदेश पाँचका हेमराज रावतले रजत तथा प्रदेश नं. १ का प्रशान्त दाहाल र बागमती प्रदेशका विनिश राईले कास्य जिते । 

लाइट ८० केजी तर्फ आर्मीका महेन्द्र केसीले स्वर्ण, बागमतीका मोहन तामाङले रजता तथा प्रदेश १ का फुर्देनी शेपार्ल र सुदुरपश्चि प्रदेशका राजसिंह औग्रीले कास्य हात पारे । ८६ केजी तौल समूहमा एपिएफका रविन नेपालीले स्वर्ण, बागमती प्रदेशका विजय बाटाले रजता तथा गण्डकी प्रदेशका किरण विक र लुम्बिनी प्रदेशका अमर बहादुर पालीले कास्य हात पारे

९२ केजी तौल समूहमा गण्डकीका दिपक सुनुवारले स्वर्ण, आर्मीका गणेश प्रधानले रजता तथा एपिएफका गोकुल गुरुङले कास्य हात पारे । 

९२ केजीभन्दा माथिको तौल समूहमा आर्मीका आसिष दवाडीले स्वणृ, बागमती प्रदेशका उज्वल सिंह बस्नेतले रजत तथा लुम्बिनी प्रदेशका सुजन थापा मगर र सुदुरपश्चिम प्रदेशका सुरज ओझाले कास्य हात पारे ।  

महिलातर्फ ४८ केजी तौल समूहमा वागमती प्रदेशकी सुष्मा तामाङले स्वर्ण जितिन् । उनले एपीएफकी नीता गोसाईंलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । नीताले रजत पदक प्राप्त गर्दा लुम्बिनीका जानकी थापामगर र आर्मीकी आरती बमजनले काश्य पदकमा चित्त बुझाए ।

महिलातर्फको ५० केजी तौल समूहमा पुलिसकी दीवाना शर्माले स्वर्ण पदक जितिन् । उनले वागमती प्रदेशकी अस्मिता दुवाललाई ५–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । अस्मिताले रजत पदक प्राप्त गर्दा एपीएफकी ङङ्गा बुढामगर र गण्डकीकी सोनिया बरुवालले काश्य पदकमा चित्त बुझाए ।

५२ केजी तौल समूहमा आर्मीकी मीनू गुरुङले स्वर्ण पदक जितिन् । उनले वागमतीकी अञ्जली तेलीलाई ५–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । अञ्जलीले रजत पदक प्राप्त गर्दा एपीएफकी सञ्जुमाया थिङ र लुम्बिनीकी माया केसीले काश्य पदक जिते ।

५४ केजी तौल समूहमा आर्मीकी वर्षा श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । उनले प्रदेश–१ की सुस्मिता राईलाई ५–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । सुस्मिताले रजत पदक हात पार्दा पुलिसकी निशा तामाङ र सुदूरपश्चिम प्रदेशकी अनुजा तामाङले काश्यमा चित्त बुझाए ।

र ५७ केजी तौल समूहमा आर्मीकी चन्द्रकला थापाले स्वर्ण पदक जितिन् । उनले गण्डकीकी प्रियङ्का गुरुङलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । प्रियङ्काले रजत पदक प्राप्त गर्दा वागमतीकी हेमा राई र लुम्बिनीकी सुजनकुमारीले काश्यमा चित्त बुझाए ।६० केजी तौल समूहमा एपिएफकी संगिता सुनारले स्वर्ण, आर्मीकी संगिता डंगलले रजता तथा बागमती प्रदेशकी दिछेन शेर्पा र लुम्बिनी प्रदेशकी सुक्ष्या कुमारी कुमालले कास्य पदक जितिन् । 

६३ केजी तौल समूहमा आर्मीकी पुनम रुवालले स्वर्ण, सुदुरपश्चिम प्रदशकी संजिता चौधरीले रजत तथा एपिएफकी माया चौधरी र कर्णाली प्रदेशकी अस्मीता चन्दले कास्य जितिन् । 

६६ केजी तौल समूहमा एपिएफकी विनिता मगरले स्वर्ण, सुदुरपश्चिम प्रदेशकी सपना आदिले रजत तथा बागमती प्रदेशकी निश्मा गुरुङ र आर्मीर्की निरु गुरुङले कास्य हात पारिन् । ६९ केजी तौल समूहमा एपिएफकी सरस्वती राना मगरले स्वर्ण, आर्मीकी अनुपा चौधरीले रजत तथा बागमती प्रदेशकी स्मृती विश्वास र सुदुरपश्चिम प्रदेशकी प्रिया सुनारले कास्य प्राप्त गरिन् ।