पोखराः राष्ट्रव्यापी भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ दश स्वर्ण पदक सहित प्रदेशको हिसावले तेस्रो स्थानमा आएको छ ।  तर समग्र सहभागिताको हिसावले भने प्रदेश एकको स्थान छैठौँ छ । 

त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सर्वाधिक १७२ स्वर्ण पदक जितेको छ ।  गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा आर्मीले ११० रजत र ८९ कास्य गरी कुल ३७१ पदक जित्दै पहिलो भएको हो ।

दोस्रो स्थान एपिएफले ६४ स्वर्ण, ७३ रजत र ८१ कास्य गरी २१८ पदक हात पारेको छ । तेस्रो स्थानमा पनि विभागीय टोलीले नै आफ्नो स्थान बनाएको छ । नेपाल पुलिस क्लबले ६१ स्वर्ण, ६० रजत र ७३ कास्य गरी कुल १९४ पदक जित्यो । 

गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य गरी कुल १२० पदक हात पर्दै चौथो बनेको हो । पाँचौ बनेको बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य गरी कुल १४५ पदक जित्यो । प्रदेश एक छैटौं स्थानमा रहँदै १० स्वर्ण, २३ रजत र ५० कास्य गरी कुल ८३ पदक जित्न सफल भयो । यता १० स्वर्ण, १० रजत र ४३ कास्य गरी कुल ६३ पदक जित्दै सुदूरपश्चिम सातौं स्थानमा भयो ।

312241025_790355902177682_5804354128450567707_n

एनआरएनए टिम आठौं स्थानमा रहँदै १० स्वर्ण, ९ रजत र ७ कास्य गरी कुल २६ पदक जित्न सफल भयो । लुम्बिनी प्रदेश ६ स्वर्ण, २२ रजत र ४० कास्य गरी कुल ६८ पदक जित्दै नवौं स्थानमा हुँदा दशौं स्थानको मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य गरी कुल ३९ पदक जित्न सफल भयो । अन्तिम स्थानमा भएको कर्णाली प्रदेशले २ स्वर्ण, ४ रजत र १२ कास्य गरी कुल १८ पदक जित्यो । कुल ४ सय ४ स्वर्ण पदकको लागि भएको प्रतियोगितामा गण्डकी प्रदेशका बिभिन्न जिल्लामा गत असोज २८ गतेदेखि यहि कार्तिक ३ गते सम्म सन्चालन भएको थियो । प्रतियोगितामा सात प्रदेश, तीन बिभागिय टिम र एनआरएन गरी ११ टिमको सहभागिता रहेको थियो ।

309650368_1208369943081829_2861692736354428534_n 1