प्रकाश बन्जारा 

इटहरीः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत बिहिबार गण्डकी प्रदेशको पोखरामा सम्पन्न एथलेटिक्सको  ज्याभ्लिन  थ्रो प्रतियोगितामा रामधुनी नगरपालिकाको झुम्का निवासी रोहित चौधरी प्रथम बनेका छन् । 

नेपाल आर्मीका जागिरे चौधरीले ६४ दशमलव २५ मिटर टाढा फाल्दै स्वर्ण पदक जितेका हुन । त्रिभुवन आर्मी क्लवबाट प्रतिस्पर्धामा उत्रिएका चौधरीले स्वर्ण पदक जितेको यो पहिलो पटक भने होइन । सानै उमेरदेखि एथलेट्स बिधामा लागेका चौधरीले यस अघि पनि बारम्बार स्वर्ण पदक जितेका छन् । 

विद्यालय खेलमै राष्ट्रपति रनिङ्ग सिल्ड लगायतका खेलमा सहभागि भएका चौधरीले बिहिबार भएको ज्यावलिङ्ग थ्रोमा नेपाल प्रहरी, शसस्त्र प्रहरीको बिभागिय टिम तथा सात वटै प्रदेशबाट सहभागि भएर आएका खेलाडीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेर स्वर्ण पदक आफ्नो पोल्टामा पार्न सफल भएका थिए । चौधरीलाई पछ्याउँदै सशस्त्र प्रहरीका मनोज दगौरा दोस्रो तथा नेपाल प्रहरीका विरेन्द्र चौधरी तृतीय भएका थिए । 

307442183_544054304195775_6965161860932299638_n

२०७१ साल असोज २२ गते नेपाल आर्मीम ाभर्ति भएका रोहित चौधरी  ज्याभ्लिन  थ्रोमा नेपाल आर्मीमा गोल्ड मेडलको रेकर्ड राख्ने एक्ला व्यक्ति हुन । 

प्रत्येक बर्ष हुने आर्मी कपमा सहभागि हुने चौधरीले आफ्नो संगठन भित्र पनि पहिलो स्थान बनाउने गरेका छन् ।  

सन् २०१९ को दक्षिण एसियन खेलमा सहभागि भएका चौधरी ४४ औँ राष्ट्रिय एथलेट्सका समेत च्याम्पियन हुन । जुनियर नेशनल च्यापियन बनेर केहि बर्ष विताएका रोहितले राखेपको प्रतियोगितामा पनि स्वर्ण पदक जितेका थिए भने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेका थिए । सामान्य परिवारमा हर्किएका रोहित मेहनत अनुसारको रिजल्ट पाउँदा आफु खुसि भएको बताउँछन् । २०७३ साल देखि त्रिभुवन आर्मी क्लवमा रहेर त्रिपुरेश्वारमा रहँदै आएका रोहित परिवारका कान्छा छोरा हुन । रामधुनीको झुम्का स्थित डुमरियामा रोहितकी आमा आफ्नी आमासँग बस्दै आएकी छन् ।