प्रकाश बन्जारा
इटहरीः खेल र खेलाडीहरुको महाकुम्भको रुपमा लिइएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता केहि भव्य र केहि नयाँ लेसन लिँदै सकिएको छ ।
देशका सात वटा प्रदेश, गैह्र आवासिय नेपाली संघ र तीन वटा बिभागिय टोलिका बिचमा भएको प्रतिस्पर्धामा लामो इतिहाँस बोकेको नेपाल आर्मीले सर्वोत्कृष्ट प्रदर्शन र्गै च्याम्पियन बन्न सफल भएको छ भने नेपाल प्रहरी दोस्रो र सशस्त्र प्रहरी तेस्रो स्थानमा आएको छ । तर बिभागिय टिमहरुलाई एउटा क्लवको रुपमा मात्रै लिने हो भने गण्डकी प्रदेश सबैभन्दा बढि पदक पाउने प्रदेशको रुपमा देखिएको छ भने बाग्मती प्रदेशले गण्डकीलाई पच्छाएको छ । यता प्रदेशको हिसावमा तेस्रो स्थानमा प्रदेश नम्बर एक आएको छ । समग्रमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नम्बर एकको स्थान छैठौँ छ । आफु भन्दा अगाडी पाँच वटा टिम र आफु भन्दा पछाडी पनि पाँच वटै टिम भएको प्रदेश एकले यस पटक आफुलाई बिच भागमा राख्न सफल भएको छ ।
प्रदेश नम्बर १ भन्दा पछाडी सुदुरपश्चिम प्रदेश, एनआरएनए, लुम्बिनी प्रदेश, मधेश प्रदेश र कर्णाली प्रदेश छन् । यस अनुसार हेर्दा कर्णाली प्रदेश खेलकुदमा सबैभन्दा कमजोर सावित भएको छ । २ स्वर्ण, ४ रजत र १२ कास्य पदक जित्दै कर्णाली प्रदेशले आफ्नो खातामा १८ वटा पदकहरु बटुलेको छ भने सबै भन्दा अग्रस्थानमा रहेको त्रिभुवन आर्मी क्लवले १७२ स्वर्ण , ११० रजत र ८९ कास्य गरेर ३७१ वटा पदकहरु बनाएको छ ।
प्रदेश सरकारले खेलमा गरेको लगानी अनुसार १० स्वर्ण पदक, २३ रजत पदक र ५० कास्य पदक पाउनु प्रदेश एकमा राम्रा खेलाडीहरु रहेछन् भन्ने प्रमाण भएको प्रदेश नम्बर एक खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले बताउँछन् ।
खेल र यसको महत्व नबुझ्ने सरकार भएको कारण संरचना, तालिम तथा खेलकुदका अन्य विकासका कारमा लगानी सरकारले गर्ने गरेकै छैन त्यसैको परिणाम पनि राष्ट्रिय स्तरको खेलकुद प्रतियागितामा भोग्नु परिरहेको छ ।
अघिल्लो राष्ट्रिय खेलकुद प्रतियोगितामा ९ स्वर्ण , २० रजत र ५९ कास्य पदक जितेको थियो । अहिले एक स्वर्ण र ३ रजत थपिएको छ भने कास्य पदक पनि उत्तिकै आएको छ । यो समाचार सामाग्रि तयार पार्दा सम्म राष्टिय खेलकुद परिषदले पदक तालिका अपडेट गर्ने काम जारी राखेको हुनाले केहि कास्य र रजतको विवरण बढ्न सक्ने देखिन्छ तर स्वर्णको तालिका भने यसैलाई फाइनल मान्न सकिन्छ । आठौँ को तुलनामा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई उछिनेको छ ।
राष्ट्रिय स्तरमा भएका सामुहिक खेलहरुमा प्रदेशको प्रदर्शन राम्रे रहेपनि अन्य केहि प्रदेश र बिभागिय टिमको तुलनामा फितलो देखिएको थियो । फुटवल महिलामा सेमिफाइनल खेलेको प्रदेश १ ले पुरुष भलिवलमा क्वाटर फाइनल खेल्न पायो भने खो खो महिलामा सेमिफाइनल र महिला हक्किमा सेमिफाइनल खेलेको प्रदेश एकले अधिकांश टिम खेलमा कास्य पदक समेत पाउन सकेन । प्रदेश एकलाई गोल्ड मेडल दिलाउने खेलहरुमा सफ्ट टेनिस, पौडी, आईटिएफ तेक्वान्दो, बक्सिङ्ग, बडि बिल्डिङ्ग हावी रहे भने तेक्वान्दो, कराँते, उसु, जुडो लगायतका मार्सल आर्टसका खेलहरुबाट बढि कास्य पदक मिल्यो ।
खेलाडीको खेल र मेडलहरुको तालिका हेर्दा सन्तुष्ट हुने अवस्था नरहेपनि हामीले खेलकुदमा लगानी नै गर्न नसकेका कारण यस्तो अवस्था आएको प्रदेश खेलकुद बोर्डका सदस्य सचिव वाग्लेको स्वीकारोक्ति छ । प्रदेश नम्बर १ ले प्रदेश सरकारले बजेट बनाउँदा देखिनै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर ६० करोड भन्दा ठुलो बजेटको माग गरेको भएता पनि बजेटमा सरकारबाट कुनै सुनुवाई भएन पछि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताके लागि खेलाडी छनौट प्रतियोगिता र खेलाडीलाई तयार गरेर गण्डकी प्रदेशको पोखरा सम्म ल्याउनको लागि सरकारले बजेट दिएको भएपनि अन्तिम समयमा पाएको बजेटलाई सहि र यथोचित ढंगले परिचालन गर्न नसकिएको सदस्य सचिव वाग्ले बताउँछन् ।
राखेपले यत्रो ठुलो कार्यक्रम सफल गर्न हरसम्भव प्रयास गरेकोमा सदस्य सचिव टंकलाल घिसिङ्गलाई बद्याई दिँदै प्रदेश नम्बर एकका सदस्य सचिव वाग्लेले अव प्रदेशमा केहि आश गरिएका खेलकुदमा क्षेत्रमा वृहत छलफल गरेरै लगानी गरिने बताए । उनले केहि खेलमा प्रदेश छनौट प्रतियोगिता गर्नै ७७ लाख भन्दा बढि खर्च भएता पनि त्यहाँबाट पदक भने शुन्ने आएको बताउँदै अव उप्रान्त त्यस्ता खेलमा आफुले लगानी क मगर्ने समेत बताए ।
यस अघि प्रदेश सरकारले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको लागि मेडल ल्याउने खेलाडीराई राम्रो पुरस्कार दिने भन्ने घोषाणा गरिएको भएता पनि के कति दिने भन्ने टुगो लागि नसकेको वाग्लेले बताए । चुनावी माहौल शुरु भएकाले मन्त्री परिषदले महत्वकाक्षि निर्णय गर्न नसक्ने भन्दै आगामी सरकारले भएपनि खेल र खेलाडीको सम्मान हुने गरी मेडल भित्राउने खेलाडीलाई उचित पुरस्कार सहितको सम्मान गर्ने वाग्लेले सुनाए । यस अघि सार्वजनिक कार्यक्रममै प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईले नवौँ राष्टिय खेलकुदमा पदक ल्याने खेलाडीलाई पुरस्कार सहित सम्मान गर्ने घोषणा समेत गरिसकेका छन् ।