सङ्खुवासभाः तेस्रोे पांमा कप खुला पुरुष फुटबल प्रतियोगिताको खाँदबारीमा शुुरु भएको छ ।
सो प्रतियोगितामा सङ्खुवासभाका उत्कृष्ट १६ क्लबले सहभागिता जनाएका छन् । पांमा सामुदायिक सेवा केन्द्रको आयोजनामा भगिवन्त रङ्गशाला खाँदबारी–४ गैरी पांमामा फुटबल प्रतियोगिता शुरु भएको हो ।
उद्घाटन खेलमा पांमा सामुदायिक सेवा क्लबले एकता परिवार क्लबलाई ३ गोल गर्दै जीत हासिल गरेको छ । पांमा सामुदायिक सेवा क्लबका तर्फबाट दोस्रो हाफको २३ औं मिनेटमा पहिलो गोल सनम भुजेलले गरेका थिए ।
प्रतियोगिताको विजेताले एक लाख १३ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता टिमले पनि नगद ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमीफाइनलमा प्रवेश गर्ने दुवै टिमले १५÷१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ नगद, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्ताले जनही ३–३ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता पुस ८ गते समापन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रमका सभापति पांमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष सरोजकुमार राईले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडा रहेका थिए । कार्यक्रमको सञ्चालन पांमा सामुदायिक सेवा केन्द्रका सचिव छत्रमणि काफ्लेले गरेका थिए ।
आजको पहिलो खेल पाँचखपन र नयाँ बजार युथ क्लबबीच हुने आयोजकले जनाएको छ ।