इटहरीः मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको ताजा मत परिणाम अनुसार नेकपा एकीकृत समाजवादीका ७ जना उम्मेदवारले प्रतिनिधि सभा सदस्यमा जित हासिल गरेका छन् । 

विहिबार विहान सम्मको ताजा मत परिणाम अनुसार कलम चुनाव चिन्हबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका सात जनाले जित निकालेका हुन । 

सबैभन्दा पहिलो बुधबार अछाम १ बाट जित निकाल्दै शेर बहादुर कुँवरले पार्टीको खाता खोलेका थिए भने लगत्तै बारा ४ बाट कृष्णकुमार श्रेष्ठ किसानले जित निकालेका थिए । 

बझाङ्गबाट भानुभत्त जोशी, दैलेखबाट अमरबहादुर थापा, डोटीबाट प्रेम आले, सल्यानबाट प्रकाश ज्वाला र रौतहटबाट पार्टी अध्यक्ष माधव कुमार नेपालले जित हासिल गरेका छन् । 

हालसम्मको मत गणनाको आधारमा अन्य ३ स्थानमा नेकपा एसका उम्मेदवारहरु अगाडि रहेको निर्वाचन आयोगको भनाई छ ।