इटहरीः  दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमाले महासचिव शंकर पोखरेलले हार व्यहोरेका छन् । 

पोखरेललाई  हराउँदै माओवादी नेता रेखा शर्मा विजयी भएकी हुन  । ४ दलिय सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी नेता रेखा शर्मा १ सय ९६  मतान्तरले विजयी भएकी हुन् । 

एमाले महासचिव शंकर पोखरेल दोस्रो स्थानमा रहे । माओवादी उम्मेदवार रेखा शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार १ सय ८९ मत प्राप्त गरे ।