काठमाडौंः नेकपा एकीकृत समाजवादीका नेता एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले एमालेका महासचिव शंकर पौडेल ‘प्रतिगामीका मुख्य मतियार’ भएको बताएका छन् ।
दाङ २ बाट प्रतिनिधिसभा सदस्यमा शंकर पोखरेल पराजित भएपछि एकीकृत समाजवादीका पोलिट ब्यूरो सदस्यसमेत रहेका चौधरीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै यस्तो आरोप लगाएका हुन् ।
दाङ–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेवार रहेका चौधरीले फेसब्ुकमा लेखेका छन्, ‘दाङको २ नं जितियो । प्रतिगामी र पश्चागामीका मुख्य मतियारको हार भयो । नेपालको राजनीति जहिले नि प्रगतिशीलहरूले जित्ने संस्कृति छ । बधाई छ, निष्कलंक ब्यक्ति रेखा शर्मालाई ।’
मन्त्री चौधरी सत्ता गठबन्धनका साझा उम्मेदवार छन् । उनले सुरुबाटै अग्रता लिएका छन् । उनलाई एमालेकी शान्ता चौधरीले पच्छ्याई रहेकी छन् ।
यसअघि उनले शंकर पोख्रेललाई दाङ–२ छाडेर आफूसँग दाङ–१ मा चुनाव लड्न निम्ता दिँदै आफ्नो क्षेत्रमा चुनाव लड्न आए चुनाव खर्चसमेत आफूले सहयोग गर्ने बताएका थिए ।