इटहरीः लामो समय पत्रकारीताको जिवन छोडेर राजनितिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव जिते लगत्तै भोली शुक्रबार धन्यवाद सभाको आयोजना गर्ने भएका छन् । 

चितवन क्षेत्र नम्बर २ बाट भारी मतले विजयी भएपछि रविले निर्वाचित हुनु भनेको बिजयी हुनु नभई जाँचका लागि सक्षम भएको र त्यसको नजिता पाँच बर्ष पछि आउने अभिव्यक्ति दिएका छन् । 

आजै दिनको ३ बजे भरतपुर १० गेष्ट हाउस चौरमा र  श्ुाक्रबार इच्छाकामना गाउँपालिका अगाडी फुटवल मैदानमा धन्यवाद सभा आयोजना गरेको बताउँदै लामिछानेले धन्यवाद सभामा फुलमाला र अविर लिएर नआउन आफ्ना समर्थक तथा जनतालाई आग्रह गरेका छन् । 

‘एउटा अनुरोध, कृपया  त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला ।  ’ आफुले निर्वाचित भएसँगै आजैबाट आफ्नो काम थाल्ने बताउँदै लामिछानेले धन्यवाद सभामा २ वटा बाकस राख्ने र जनताको समस्या र सुझाव संकलन गर्ने बताएका छन् । ‘म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन् ।  एउटा बाकसमा “समस्या पेटिका’’ लेखिएको हुनेछ ।  त्यसमा  तपाईंका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा “उजुरी, समस्या, सुझाव पेटिका’’  लेखिएको हुनेछ।’ समस्या र सुझाव बाकसमा  भ्रस्टाचारीका सुचना,मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउन रविको आग्रह छ । ‘ माला, अबिर,खदामा हामीले गरेको खर्च प्रायः सबै बिदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ ।’ लामिछानेको भनाई छ ।  

लमिछानेले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार २८१ मतको अन्तरले हराउँदै जित हासिल गरेका थिए । लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उमेश श्रेष्ठले १४ हजार ९८३ मत पाएका थिए ।