इटहरीः जारी समानुपातिक निर्वाचन तर्फको मतगणनामा नेकपा एमालेले नै अग्रता कायम गरिरहेको छ । ताजा पछिल्लो मत परिणाम अनुसार एमालेको मत ८ लाख ९४ हजार ४०९ मत ल्याएको छ ।
एमालेलाई नेपाली कांग्रेसले पछ्याईरहेको छ । कांग्रेसले ८ लाख ५७ हजार ६२१ मत ल्याएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ३२ हजार ५७५ मत ल्याएको छ । नेकपा माओवादी केन्द्रको ४ लाख २ हजार ४९९ मत रहेको छ ।
राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको राप्रपाको २ लाख ३३ हजार ३७५ मत रहेको छ भने जसपा नेपालको १ लाख १२ हजार ६७९ रहेको छ । जनमत पार्टीले ६७ हजार ६१४ प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)को ६२ हजार ५४७ मत रहेको छ ।
नागरिक उन्मुक्ति पार्टीको ६१ हजार ७०४ मत रहेको छ भने नेपाल मजदुर किसान पार्टीले ५६ हजार १८३ मत पाएको छ ।