इटहरीः  फिफा विश्वकपमा आज शनिवार अर्जेन्टिना सहित ४ टिमको प्रतिस्पर्धा हुने भएको छ । 

कतार विश्वकपमा शनिबार समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’का दुई दुई खेलहरु हुनेछन् । 

शनिवारको पहिलो खेल नेपाली समय अनुसार ३.४५ मा हुँदैछ । जसमा ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा बराबरी भएको ट्युनिसिया र पहिलो खेलमा हार व्यहोरेको अष्ट्रेलिया आज जित निकालेर सुखद सुरुवात गर्न चाहान्छन् । 

शनिवार हुने दोस्रो खेलमा अर्जेन्टिनालाई हराएर उदाएको साउदी अरव र पोल्याण्डका विचमा प्रतिस्पर्धा हुने भएको छ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । 

315453715_510067581171427_3579841351096429129_n

विश्वकप अन्तर्गत नै शनिबार हुने तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

आजकै अन्तिम खेल अर्जेन्टिना र  मेक्सिकोको बिचमा प्रतिस्पर्धा हुदैँछ ।  अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा हार व्यहोरेको अर्जेन्टिना जितको पर्खाइमा आक्रामक रुपमा मैदानमा जाने आंकलन छ भने मेक्सिको पनि विजयी बन्न चाहान्छ । अघिल्लो खेलमा फितला प्रस्तुतीको प्रतिक्रिया पाएको अर्जेन्टिना जित्नै पर्ने दवावमा छ ।