इटहरीः सरकारका सूचना तथा सञ्चारमन्त्री  ज्ञानेन्द्रबहादुर कार्की ११२ मत अन्तरले विजयी भएका छन् । उनि सुनसरीको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि विजयी भएका हुन् । 

केहीबेरअघि मात्र सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार सञ्चारमन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जगदीशप्रसाद कुसियतले ३० हजार ३७१ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर एक सय १२ रहेको छ । मतगणनाको पछिल्लो समय घरी कुसियैत अगाडि घरी कार्की अगाडि हुँदा निकै रोमान्चक भएको थियो । सबैले जित हारमा झिनो मतान्तर हुने अडकल काटेका थिए । सोही अनुसार नै झिनो मतान्तरले नै कार्की विजयी भएका हुन् । 

316943936_10223322824001406_5425909951691271884_n

मतगणना भईरहेको बेला केही मत एमालेका तर्फबाट तलमाथि गरिएको भन्दै मन्त्री कार्कीले मनतगणना रोक्न निवेदन दिएका थिए । त्यसपछि मतगणना रोकिएको थियो । निर्वाचन आयोगको निर्देशनपछि हिजोबाट अवरुद्ध मतगणना सुचारु भएको थियो । 

०७४ को निर्वाचनमा तत्कालीन अर्थमन्त्री रहँदा कार्की यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनले त्यसबेला नेकपा एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए । एमालेका कुसियत भने यसअघि प्रदेशसभा सदस्य थिए । उनी शेरधन राई मुख्यमन्त्री रहँदा प्रदेश १ को वन तथा पर्यटनमन्त्री थिए । 

316806455_10223322823961405_6625223233094767486_n