धरानः धरानमा जारी साइन्याप्स अन्तर्गतको अन्तर मेडिकल कलेज खेलकुद प्रतियोगिताको पाँचौं दिन क्रिकेट, फुटबल, बास्केटबल, ब्याडमिन्टन, भलिबल र पबजीका २० भन्दा बढी खेलहरू र विभिन्न साहित्यिक कार्यक्रमहरू सम्पन्न भएका छन् ।

साइन्याप्स आयोजक समितिका क्रिकेट संयोजक दिलिप गुप्ताका अनुसार बीपी ब्लु र आइओएमबीच भएको क्रिकेट प्रतियोगितामा बीपी ब्लुले १९ रनले जीत हासिल गरेको थियोे । त्यस्तै, संयोजक नवीन चौधरीका अनुसार किस्ट र केएमसीबीच भएको क्रिकेट खेलमा किस्टले ४९ रनले जीत हासिल गरेको थियोे ।

त्यस्तै, फुटबल संयोजक प्रबिन भुसालका अनुसार बीपी येलो र कम्सबीच भएको फुटबल खेलमा कम्सले ४–० ले जितेको थियो । बीपी ह्वाइट र एनजीएमसीबीचको खेलमा बीपी ह्वाइटले १–० ले जितेको अर्का संयोजक सुनित क्षेत्रीले बताए । आइओएम र केएमसीबीचको खेल १–१ को बराबरीमा टुङ्गिएको थियो । सीएमसी सिनियर्स र एनएमसीबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो ।
बास्केटबल खेलअन्तर्गत बीपी डाक्टर्स र विराट मेडिकल कलेज (ब्वाइज)बीच भएको खेलमा बीपी डाक्टर्सले ९३५–९० तथा बीपी डाक्टर्स र विराट (गल्र्स) बीचको खेलमा बीपीले ९२३–२० ले जीत हासिल गरेको बास्केटबल संयोजक आशुतोष पाण्डेले बताए ।

ब्याडमिन्टन संयोजक हेमाचन्द्रनका अनुसार एकल राउन्ड १ अन्तर्गत बीपी प्रतिष्ठानकी कृति झा र गुन्जन प्रियम राउन्ड २ मा पुग्न सफल भएका छन् । त्यस्तै बीपीका अमृत बस्नेत, मुकेशकुमार, स्टेनले, करन यादव र हेमाचन्द्रन तथा एनजीएमसीका सानु मित्तल, एनएमसीका निरञ्जनकुमार र विराटका टेककुमार राउन्ड ३ मा पुग्न सफल भएका छन् ।

ब्याडमिन्टन जोडीअन्तर्गत बीपीका हेमाचन्द्रन र पीयूष तथा करन र स्टेनले राउण्डमा ३ मा पुग्न सफल भएका छन् । एनजेएमसीका अनिल र सानु को जोडी पनि विजयी भएर राउन्ड ३ मा पुगेको ब्याडमिन्टन संयोजक पीयुष कमलले जानकारी दिए ।

BPKIHS

भलिबल ब्वाइजअन्तर्गत क्वाटर फाइनलमा सीएमसी र केएमसीबीचको खेलमा सीएमसीले ९२–०० तथा नोबेल र बीपी रेडबीचको खेलमा नोबेलले ९२–०० ले जीत हासिल गरेको भलिबल संयोजक डीबी गुरुधामीले बताए ।

त्यस्तै, विराट र केयुएसएमएसबीचको खेलमा विराटले ९२–१० तथा बीपी ब्लु र एनएमसीबीचको खेलमा बीपी ब्लुले ९२–०० ले जीत हासिल गरेका छन् । छात्रा भलिबलतर्फ नोबेल र बीपी ब्लु फाइनलमा पुगेको जानकारी संयोजक सिद्धराज रोकायाले दिए ।

पबजी खेलका संयोजक दिव्य दर्शनका अनुसार मोबाइल गेम पबजी ज्याकपटअन्तर्गत बीपीको पीयूष कमल नेतृत्वको टिम पहिलो, डीपीएस अन्तर्गतको तगाइरा सुब्बा नेतृत्वको टिम दोस्रो भएको थियो । अभिषेक कुमार नेतृत्वको बीपीको टिम तेस्रो भएको ऐश्वर्य प्रमोद मलले बताए ।

त्यस्तै, साहित्यिक कार्यक्रमअन्तर्गत कथा र कविता विधाका प्रतियोगिता भएको बताइएको छ ।

यस वर्षदेखि प्रायः सबै मेडिकल कलेजहरूले विद्यार्थीहरूलाई विभिन्न प्रतियोगिताका लागि तयार गरेकाले गत वर्षहरू भन्दा यस वर्ष खेल तथा अन्य कार्यक्रमको स्तर बढेको कार्यक्रमका मिडिया संयोजक शुभमकुमार अग्रवालले बताए ।

चिकित्सा शिक्षामा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष राजन सिंहले बताए ।

यस पटक भएका खेलहरू निकै रोचक र प्रतिष्पर्धात्मक भएको आयोजक समितका महासचिव अभिषेक चौधरीले बताए ।

synaps cricket