इटहरीः कतारमा जारी फिफा विश्वकप फुटबलमा दुइ महाशक्ति रास्ट्रको परिक्षा आज हुदैछ । विश्वकपका लागि दुबै महाशक्ति रास्ट्र मानिने अर्जेन्टिना र फ्रान्स फाइनलमा  आज आइतबार राति भिड्दैछन ।

दोहाकी लुसाइलल स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८.४५ बजे सुरु हुनेछ ।

हाल सम्म दुइ दुइ पटक बिस्वकप फुटबलको ट्रफि चुमेका दुबै रास्ट्र तेस्रो पटक विशेषज्ञ कपको ट्रफि चुम्ने होड मा छन । 

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् ।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी जितेको थियो भने फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो ।

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको हो । मेस्सीका लागि कतार विश्वकप अन्तिम विश्वकप समेत हो । 

यता, ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । साविक विजेता समेत रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उचाल्ने अभियानमा रहेको छ ।

अर्जेन्टिना र फ्रान्सले सेमिफाइनलमा सहज जित समेत निकालेको थियो । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो । दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराएको थियो ।

अर्जेन्टिना र फ्रान्सबीच हालसम्म १२ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जितेको छ । फ्रान्सले ३ खेल जित्दा ३ खेल बराबरीमा सकिएको छ ।