इटहरीः गठबन्धनको घटक दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि बुधबार पुस ६ गते निर्वाचन गर्ने भएको छ ।
आइतबार (पुस ३ गते) बसेको केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले बुधबार (पुस ६ गते) बिहान निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
त्यसका लागि पुस ५ गते विहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्न निर्वाचन समितिले भनेको छ । नेता चयनका लागि मतदान भने पुस ६ गते विहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।
कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले दलको नेतामा चुनाव लड्ने घोषणा गरिसकेका छन् । भने रामचन्द्र पौडेल, शेखर कोइराले पनि उम्मेद्वारी दिने चर्चा रहेको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा कांग्रेसबाट ८९ सांसद निर्वाचित भएका छन् ।