बेलबारीः प्रदेश १ स्तरीय तेक्वान्दो डोजाङ प्रतियोगिता शुक्रबारदेखि बेलबारीको लक्ष्मीमार्गमा शुरु भएको छ । प्रदेश नम्बर १ का १२ जिल्ला तथा आयोजकसहित १३ वटा समूहले प्रतियोगिताममा सहभागिता जनाएका छन् ।

प्रतियोगितामा ४२ देखि ४३ किलो समूहका खेलाडीको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष कमल गुरुङले बताए । प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई ११ हजार नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

७ लाख २० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगिता लक्ष्मी माविको खेलमैदानमा भइरहेको छ । प्रतियोगिताको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका छन् । प्रतियोगिता शनिबार समापन हुँदै छ ।