इटहरीः अवला गु्रप हङ्गकङ्गले धरामा  पनि एजि एक्सप्रेस कार्गो एण्ड कुरियरको सेवा शुरुवात गरेको छ । 

धरानकोे आचार्यलाईनमा हालै एक कार्यक्रमको आयोजना गर्दै कार्यालय उद्घाटन गरेर आफ्नो सेवा शुरु गरेको हो ।

उद्योग बाणिज्य संघ सुनसरीका अध्यक्ष बिजय श्रेष्ठले रिवन काटेर समुदघाट्न गरेका छ्न ।

विगत २ वर्षको दौरानमा यस कम्पनीले नेपाली उत्पादनहरु मकाउ, चीन, तथा हङकडमा बिक्री बितरण गर्दै आएको बताएको छ ।  हङकङ ,मकाउ सिड्नी ,चीन ,न्युयोर्क र काठमाडौँमा आफ्नो कार्लालय स्थापना गरीसकेको छ ।

एजि एक्सप्रेस कार्गो एण्ड कुरियर सेवाले व्यक्तिगत चीठी, पत्र, पाठशाला, नेपाल बाट हङकङ, मकाउ ,जापान,गकब, टेन्डा युरोप, अस्ट्रेलिया,दुबई स्थानहरुमा सेवाहरु दिईने तथा चीन तथा हङकङबाट व्यवसायिक रुपमा हवाई सेवा र सामुन्द्रीक जहाजबाट सेवाहरु सन्चालन भइरहेको कम्पनीले उद्घाटनको अवसरमा बताएको छ । 

319578847_514700063773484_5160626714021286564_n

चीन तथा हङकङबाट नेपालमा इ–कमर्स डेल्ली सेवा नेपालको जुनसुकै शहरहरुमा डेलीभरीको व्यवस्था गरिने साथै कम्पनीले विदेशी सामाग्री कस्टम क्लियरलेन्स गरी नेपालका महा नगरपालिका भित्र घर घरमा दैनिक सेवा उपलब्ध गराईने सञ्चालक तुलसी उप्रेती बताएका छ्न ।

धरान र आसपासको क्षेत्रको उत्पादनहरु विश्व बजारमा बिक्री वितरण गर्न र विश्व बजारका सामाग्रीहरू सहज रूपमा धरानमा निर्यत गर्ने एजि एक्सप्रेस धरान शाखा विस्तार गरिएको कम्पनीको भनाई छ । 

कम्पनीले ५ वर्ष भित्र  २० वटा देश मा कार्यालय स्थापना राख्ने लक्ष्य राखिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी बिजय श्रेष्ठले धरानमा लगानी सम्मेलन गर्ने तयारी गरिरहेको अवस्थामा यस्ता व्यवसाय भित्रनु खुसीको कुरा रहेको धारणा ब्यक्त गर्दै धरानमा लगानी गर्न लगानीकर्ता तयार भएपनी स्थानिय सरकार र प्रदेश सरकारले चासो नदिएको गुनासो गर्दै यस्ता कम्पनी खुल्नु गौरवको कुरा भएको र नया व्यबसायलाई स्वागत गरेका थिए ।

कार्यक्रममा धरान उपमहानगरपालिका ९ वडा अध्यक्ष रुपेश आचार्य ,नागरिक समाज ईटहरि अध्यक्ष राजु केसि,होट्ल ब्यवसायी सघ ईटहरिका अध्यक्ष जीवन पराजुली ,नेपाल पत्रकार महासघ सुनसरिका पुर्व अध्यक्ष केशव घिमिरेको उपस्थितिमा भएको थियो ।

320501894_702367291220920_2126841650926990307_n